Jun 15 2026 | २०८३, असार १ गते
पूर्वमन्त्री प्रभु साहले सम्मानित ओहोदामा बसेका सभामुख अग्निप्रसाद सापकोटाले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लोस्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन् ।
काठमाडौं । पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् । आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन् ।
कुनै बैठकको निर्णय बिनै प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौं सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न थोरैपनि ढिलाई नगर्ने सभामुखले विधि पूर्वक दर्जनौ सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको साहको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij