Jun 15 2026 | २०८३, असार १ गते
२९ वटा वडाका कूल ५१६ क्षेत्रिय प्रतिनिधिहरुको मतमा सभापति सुभानन धाख्वाले २८२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासि गणेश भक्त श्रेष्ठले २२१ मत मात्र प्राप्त गर्न सके।
ललितपुर । नेपाली काँग्रेस पार्टीको आसन्न १४ औं महाधिवेशन अन्तर्गत पालिका समिति पदपूर्तिका लागि संस्थापन पक्षका उम्मेदवार सुभानन धाख्वा समूहले विजय हासिल गरेका छन् । राष्ट्रिय राजनैतिक पार्टीभित्र शेरबहादुर देउवासँग नजिक समूहले सात पदाधिकारी मध्ये पाँच मुख्य पद आफ्नो पक्षमा निर्वाचित गराउन सफल भएका हुन् ।
२९ वटा वडाका कूल ५१६ क्षेत्रिय प्रतिनिधिहरुको मतमा सभापति सुभानन धाख्वाले २८२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासि गणेश भक्त श्रेष्ठले २२१ मत मात्र प्राप्त गर्न सके।
त्यसैगरि दुई उपसभापतिका लागि भएको निर्वाचनमा निशा महर्जनले २६१ मत र राम कुमारी लिम्बुले २६० मत प्राप्त गरे । कार्यसमितिको लागि दुई सचिब पदमा राजु ताम्राकारले २८५ मत र सुनिल कुमार थापा (पशुपति) ले २५६ मत प्राप्तगरि जीत हासिल गरे ।
यस निर्वाचनवाट संस्थापन पक्ष जिल्ला सभापति मदन बहादुर अमात्यको समूहमा रहेका धाख्वा लगायत रामकुमारी लिम्बू, राजु ताम्राकार, सुनिल कुमार थापा कुमार श्रेष्ठको बहुमत पदाधिकारीमा जीत दर्ता गराएका छन् भने जितेन्द्र मलेखु समूहका नीशा महर्जन र प्रकाश महर्जनले जीत दर्ता गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij