Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ।
उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन आग्रह गर्दै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij