Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सुदूरपश्चिम प्रदेश सभापतिका लागि बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

सुदूरपश्चिम प्रदेश सभापतिका लागि बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

  • डडेल्धुरा । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुँदै छ। प्रधानमन्त्री तथा नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि प्रदेश अधिवेशनको माहोल तातेको छ। 

    onlinepatrika
    Arghakhachi

    देउवाको गृह प्रदेश भएको कारण पनि यहाँको अधिवेशनलाई विशेष रूपमा हेरिएको छ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार बिहीबार दिउँसो २ बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन उद्घाटन हुने कार्यतालिका छ। 

    AGNI GROUP

    अहिलेसम्म सुदूरपश्चिममा सात जनाले पार्टी सभापतिका लागि इच्छा प्रकट गरेका छन्। जसमा विद्यार्थी नेतादेखि पूर्वराजदूतसम्म छन्। 

    सभापतिका लागि डडेल्धुराका सांसद गोविन्दराज बोहरा, कैलालीका पार्टी सभापति नरनारायण शाह (मनु), बझाङका पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंगबहादुर सिंह, अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, कैलालीका महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही र डोटीका पूर्व मन्त्री वीरबहादुर बलाएरले आकांक्षा देखाएका छन्। 

    बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

    सभापतिका दावेदार सात जना नै संस्थापन समूह (देउवा) का हुन्। संस्थापनइतरका कुनै पनि नेता सभापतिको उम्मेदवारी दिनका लागि भने प्रष्ट रूपमा खुलेका छैनन्। 

    सात जना नै देउवा समूहका भएका कारण यीमध्ये सभापतिमा कसले बाजी मार्ला ? भनेर  अनेकन अड्कल बाजी भइरहँदा गोविन्दराज बोहराले बाजी मार्ने सम्भावना रहेको उनीनिकट एक नेताले बताए। 

    ‘सात जना नै देउवा निकट हुन्। देउवाले जसलाई बनाउन चाहे उनी नै प्रदेश सभापति बन्छन्। देउवाले डडेल्धुराका बोहरा र डोटीका बलायरमध्ये एउटालाई बनाउन निर्देशन दिएका छन्। तर, बोहराको सम्भावना भने बलियो छ,’ उनले भने, ‘बोहरालाई बनाउन छलफल भइरहेको छ। तर, निष्कर्ष आउन बाँकी छ।’

    देउवासँग छलफल गरेर आफूले प्रदेश सभापतिका लागि उम्मेदवारी दिन लागेको बोहराले बताए। उनी भन्छन्, ‘मलाई प्रदेश सभापति बनाउन देउवा सकारात्मक छन्।’

    को हुन् बोहरा ?

    बोहराको जन्म विस २०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका-३ डोटी घटाल (चम्साल) मा भएको हो। प्राथमिक शिक्षा घटाल माध्यमिक विद्यालयबाट लिएका उनले माध्यमिक शिक्षा भने महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट लिएका थिए। 

    उनले कैलाली बहुमुखी क्याम्पसमा आईए पढ्दै गर्दा राजनीतिक करियर सुरू गरेका थिए। कैलाली बहुमुखी क्याम्पसमा उनी स्ववियु उपसभापतिसमेत बनेका थिए। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत उनले काम गरेका थिए।

    उनलाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी चार पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र चार पटक महासमिति सदस्यसमेत भइसकेका छन्। 

    उनी नेपाली कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतकसमेत हुन्। डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बनेका बोहराले सातौं जिल्ला अधिवेशनमा देउवापछि सबैभन्दा बढी मत ल्याएका थिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij