Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

चुरे दोहन रोक्न राष्ट्रपति भण्डारीको आग्रह

चुरे दोहन रोक्न राष्ट्रपति भण्डारीको आग्रह

  • कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन् । 

    onlinepatrika
    Arghakhachi

    प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन् । नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा सबै नेपाली नागरिकले स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइन् । 

    AGNI GROUP

    कपिलवस्तुको बाणगंगा–२ नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन उनी कपिलवस्तु आएकी हुन् । 
    १२७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुईवटा प्रवेशद्वार, अष्टचिरञ्जीवी मूर्ति र विश्रामलयको अनावरण गरेकी राष्ट्रपति भण्डारीले आश्रम परिषरमा रहेको दुर्गा मन्दिरको पूजाअर्चनासमेत गरिन् । 

    bede.jpgराष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरूकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्न राज्यको तर्फबाट काम भएको दाबी गरिन् ।हाम्रो संस्कति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको उनको भनाइ छ ।

    ‘हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको छ । राज्यको तर्फदेखि संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको छ’, उनले भनिन्, ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जीवन हो । प्रकृतिको आन्नद लिन स्वस्थ्य हुनुपर्छ । यसका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ ।’

    कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीसमेत उपस्थित भएका थिए । महायज्ञ २२ मंसिरसम्म चल्ने महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताए । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij