Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई पूर्वयुवराज्ञी हिमानी शाहले बधाइ तथा शुभकामना दिएकी छिन् ।
हिमानीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शुभकामना व्यक्त गरेकी हुन्।
बधाई दिँदै हिमानीले लेखेकी छिन् ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij