Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पुनः रेडियोकै काममा फर्कन सुझाव दिएकी छन् ।
शनिबार राजधानीमा आयोजित एकता समारोहमा अध्यक्ष मिश्रले बोलेका भनाईप्रति आइतबार पद्मकन्या क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अध्यक्ष सिंहले विद्यार्थी राजनीतिमाथि प्रतिवन्ध लगाउने मिश्रको भनाइप्रति आपत्ति प्रकट गर्दै यस्तो सुझाव दिएकी हुन् ।
‘म मिश्रजीलाई हार्दिकतापूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु, रवीन्द्र मिश्र जस्ता अनुभवी रेडियोकर्मीको त्यहाँ खाँचो छ’ उनले भनिन ्।
तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन पनि उनले चुनौति दिइन् । उनले मुलुकको पौने एक करोड विद्यार्थीका संगठनहरुको तागतलाई कम नआँक्न चेतावनी पनि दिइन्।
रवीन्द्र मिश्र राजनीतिमा आउनुअघि लामो समय बीबीसी नेपाली सेवामा कार्यरत रहेका थिए । उनले वर्तमान देश र जनताको हितको लागि भन्दै वैकल्पिक राजनीतिको वकालत गर्दै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij