Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झिनो मतान्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन्।
घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्वव थापासँग २ मतले पराजित भएका छन् । सोही कारण उनले पुनः मतगणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन्। महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्। सभापति पदमा ८४२ मत प्राप्त गरेका छन् भने ८४४ मत सहित थापा विजयी भएका छन्।
त्यस्तै उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७)विजयी भएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij