Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

देउवा–सिटौला भेट्दै

देउवा–सिटौला भेट्दै

  • काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच १४औं महाधिवेशनमा गठबन्धन बन्ने निश्चित् भएको छ। 

    onlinepatrika
    Arghakhachi

     महाधिवेशन सुरुअघि देउवाले सिटौलासँग गठबन्धनको लागि प्रस्ताव गरेका थिए । सिटौलासँग भेट्नुअघि देउवाले नेपाल प्रेस युनियनका पदाधिकारीहरुसँगको छलफलमा सभापति देउवाले आफू पूनः नेतृत्वमा आउने र पार्टीलाई आगामी निर्वाचनमा पहिलो दल बनाएरै छाड्ने उद्घोष गरेका छन् ।

    AGNI GROUP

    ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।

    देउवाले सञ्चारकर्मीसँग अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’। पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाएका थिए ।

    अहिले देउवाले सिटौलासँग महाधिवेशनलक्षित छलफल गर्दैछन् । स्रोतकाअनुसार सिटौलाले उपसभापति, महान्त्री र दुई जना सहमहामन्त्री मागेका छन्। यसमा देउवा सकारात्मक बनेको स्रोतको दाबी छ।

    सिटौला समूहमा कसलाई कुन पदमा उठाउने भन्नेबारे होमवर्कसमेत भैसकेको छ। यसपटक कांग्रेसको महामन्त्रीमा भने युवाहरुको भीडन्त हुने अनुमान गरिएको छ । यसअघि नै गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij