Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको निधन

नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको निधन

  • पोखरा । नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको ६२ वर्षको उमेरमा  निधन भएको छ । उपचारको क्रममा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi


     पन्थीका श्रीमती र चार छोरा छन् । नेपाल ट्रेड युनियन कांग्रेसमा लामो समय राजनीति गरेका उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. ३२ का पूर्व सभापति पनि थिए । पार्टी सचिव भानु ढकालले पन्थीको निधनले सिंगो पार्टी र ट्रेड युनियन आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

    AGNI GROUP

    सचिव ढकालले भने, ‘नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ३२ का पूर्व सभापति, नेपाल ट्रेड युनियन कांग्रेसका जुझारू, निष्ठावान नेता, समाजसेवी आदरणीय टेकनाथ पन्थीको असामयिक निधन भएको खवरले हामी मर्माहत भएका छौं । दुःखको यस घडिमा दिवंगत आत्माको चीर शान्ति एवं वैकुण्ठवासको कामना गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij