Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माओवादी केन्द्रको प्रदेश समितिमा ३५ प्रतिशत महिला 

माओवादी केन्द्रको प्रदेश समितिमा ३५ प्रतिशत महिला 

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताए । 

    AGNI GROUP

    उनले १८ देखि ४० वर्षसम्मका युवालाई बढीभन्दा बढी पार्टी कमिटीमा जिम्मेवारी दिइने बताए । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा सुनिश्चिता गरिएको बताइन्छ । 

    अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक–एक गरी सात सदस्सीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ । प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित हुने बताइन्छ ।
     
    प्रदेश इन्चार्ज पाण्डेले भने, ‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रूपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्नेबारेमा अधिवेशनमा गहन छलफल गर्छौँ, अधिवेशनमा विशेषगरी विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफलमा बढी केन्द्रित हुनेछ र नयाँ नेतृत्व चयन गरिनेछ ।’

    माओवादीले प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको र ८४६ प्रतिनिधि सहभागी हुने जनाएको छ । प्रदेश कमिटीका सचिव एवम् प्रवक्ता देवेन्द्र पराजुलीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधि पोखरा आउने क्रम सुरु भएका बताएका छन् । 

    पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनित प्रतिनिधि, आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहकार सहभागी हुनेछन् । प्रदेशको अधिवेशनमा पालिकाबाट निर्वाचित ६००, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ । 

    एक गैरभौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशन सम्पन्न भई पालिका समिति निर्वाचित भएका छन् । 

    गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, प्रतिनिधिसभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यलाई अधिवेशनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij