Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 १३६५ मत खस्यो, मतदान जारी

 १३६५ मत खस्यो, मतदान जारी

  • काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म  १३६५ जनाले मतदान गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    महाधिवेशन मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यका अनुसार अनुसार ४ हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो ३:४० बजेसम्म  १३६५ जनाले मतदान गरेका हुन् । 

    AGNI GROUP

    राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा ५१३, भृकुटीमण्डपभित्र रहेको मतदान केन्द्रमा ३५२ र भृकुटीमण्डपबाहिर रहेको मतदान केन्द्रमा ५०० मत खसेको निर्वाचन समितिले जनाएको छ। 

     एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij