Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार गगन थापाले नेपाली कांग्रेसको सभापति पार्टीको सभापति हुनुपर्ने बताएका छन् ।
उनले नवनिर्वाचित सभापति शेरबहादुर देउवाले यसअघि गुटको राजनीति गरेको आरोप लगाउँदै नेपाली कांग्रेसको सभापति गुटको सभापति नभएर पार्टीको सभापति हुनुपर्ने बताएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री उम्मेदवार थापाले पार्टीमा नयाँ नेतृत्वको आवश्यकता रहेकोले आफूले शेखर कोइरालालाई साथ दिएको भएपनि अब नैतिकताको आधारमा सभापति देउवालाई साथ दिने बताए । उनले भने,‘ पार्टीको हितको लागि, देशको हितको लागि हामी हाम्रो सभापतिको साथमै छौँ । तर पार्टीको अहितमा कार्य भएमा हामी त्यसको प्रतिवाद गर्ने छौँ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij