Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान अधिकृत नियुक्त गरेको छ ।
पुस १२ गतेदेखि लागु हुनेगरी प्रदेश १ का लागि मोरङ जिल्ला अदालत न्यायाधीश भरत लम्साल, प्रदेश २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वाग्मती प्रदेशकका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराई नियुक्त भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरू तोकिएको आयोगले जनाएको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेको १९ पदका लागि निर्वाचन हुँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij