
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । निर्वतमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ ।
आज पर्सामा आयोजित नेकपा एमालेको जिल्ला समितिले पार्टी प्रवेश कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए । उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नेछन् ।
यतिबेला ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन् । दुई दिनअघि कपिलवस्तु पुगेकका उनी अब पर्सा, झापालगायतका जिल्लामा जाने कार्यसूची रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij