Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    images
    images
    images

    उनले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले  उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो दाबी गरिएको छ । 

    images

    वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका–५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij