
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ ।
शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरेको पाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij