Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

कीर्तिपुरमा कांग्रेसको अग्रता

कीर्तिपुरमा कांग्रेसको अग्रता

  • काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेका केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त पाएका छन्। उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गरेका छन् भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गरेका छन्।

    AGNI GROUP

    दश वडा रहेको उक्त नगरपालिका-४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत प्राप्त गरे।

    वडा नं. ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी भएका छन्। उनको निकटतम प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गरे।

    वडा नं. ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सुशील डङ्गोलले ८७० मत प्राप्त गरेका छन्।

    वडा नं. ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गरे।

    अन्य वडाको मतगणना जारी छ। कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट