Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । प्रदेश–१ र वाग्मती प्रदेशसहित केही स्थानमा वर्षा हुने भएको छ। प्रदेश १ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनसार आज राति देशका उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij