Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कालोसूचिमा परे थप चार सहकारी संस्था 

कालोसूचिमा परे थप चार सहकारी संस्था 

  • काठमाडौँ । कर्जा सूचना केन्द्रले राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण थप चार वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । 

    onlinepatrika
    Arghakhachi

    कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार नौ दिनमै चार वटा सहकारी कालोसूचीमा परेका हुन्।

    AGNI GROUP

    बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । 

    कर्जा सूचना केन्द्रले असार ८ गते धादिङ स्थित तिरिमिरी बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । हाल यो संस्था अस्थित्वमा छैन । 

    त्यस्तै असार ९ गते स्मृति बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचिमा राखेको छ । 

    त्यस्तै असार १० गते सरसपाट बचत तथा ऋण सहकारी र नवराजधानी सहकारी संस्था पनि कालो सूचिमा परेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij