Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आजदेखि तीन दिनसम्म वर्षा हुने  सम्भावना

आजदेखि तीन दिनसम्म वर्षा हुने  सम्भावना

  • काठमाडौँ । आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। 

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।

    AGNI GROUP

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

    महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij