
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दश दलको बैठक आह्रवान गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुसंग आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्न बैठक आह्रवान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने आचार्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij