Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । मेयर बालेन्द्र शाह (बालेन) का अनुसार बजेट आगामी २९ गते आइतबार सार्वजनिक गरिनेछ ।

    images
    images
    images

    मेयर शाहले शुक्रबार बसेको नगर कार्यपालिकाको ४०औँ बैठकमा आइतबारको नगर सभा बैठकमार्फत बजेट प्रस्तुत गरिने जानकारी गराएका हुन् । नगर सभा आइतबार दिउँसो २ बजेका लागि तय गरिएको छ भने सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने कार्यक्रम रहेको छ ।

    images

    यसअघि राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । यही सीमा अनुसार आइतबार बजेट सार्वजनिक गरिने तयारी महानगरले गरेको छ ।

    महानगरले यस पटकको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, फोहर मैला व्यवस्थापन, स्मार्ट सिटी निर्माण र सामाजिक विकासलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij