
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौँ । अस्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स दुईदिने नेपाल भ्रमणमा आएका छन् । मंगलबार मन्त्री वाट्स काठमाडौं आइपुगेका हुन् ।
भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध र भविष्यमा हुन सक्ने सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग अस्ट्रेलियन सहायकमन्त्री वाट्सले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र अस्ट्रेलियाबीच ६३ वर्षभन्दा पुरानो दौत्य सम्बन्ध रहेको छ । अहिले करिब १ लाख ३० हजार नेपालीहरू अस्ट्रेलियामा बसोबास गरिरहेका बताइन्छ । त्यसैगरी, काठमाडौं विश्वविद्यालयका अधिकारीहरूसँग पनि सहायकमन्त्री वाट्सले छलफल गर्नेछन् ।
उनले अस्ट्रेलियाली संस्थाहरूसँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र विद्यार्थी आदानप्रदान कार्यक्रमलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij