
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएकाको शव आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद मण्डलले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तले चाँडै पाउने व्यवस्था गर्न माग गरेका हुन् । जीवित छँदा उसले पठाएको रेमिट्यान्सप्रति सरकारले गर्व गर्ने गरे पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएपछि बेवास्ता गरेको उनले बताएका छन् ।
अब उप्रान्त वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव उनका आफन्तलाई चाँडै बुझाउने व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij