
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौँ । देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।
जनताले राहदानी लिन निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij