Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

चन्द्र भण्डारीले गरे संसद्‍मा सम्बोधन

चन्द्र भण्डारीले गरे संसद्‍मा सम्बोधन

  • काठमाडौँ । ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तीन महिनापछि संसदमा उपस्थित भएका छन् ।

    images
    images
    images

    आजको प्रतिनिधि सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भण्डारीले सम्बोधन गरेका छन् । आगलागीमा परेर घाइते भएका भण्डारी लामो समय भारतमा उपचार गरेर फर्केका थिए ।

    images

    नेपालमा जलनसम्बन्धी एउटा अस्पताल बनाउन जरुरी रहेको भण्डारीले बताए । सरकारले क्यान्सर र मृगौला रोगीजस्तै जलनका घटनामा आर्थिक सहयोग दिनुपर्ने भण्डारीको भनाइ छ ।

    ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनले बताए । मर्यादा पालकको सहयोगमा सांसद भण्डारी संसदको रोष्टममा पुगेका थिए । उनले कुर्सीमा बसेर सम्बोधन गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij