Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

मिश्रित निर्वाचन प्रणालीका कारण संवैधानिक संकट

मिश्रित निर्वाचन प्रणालीका कारण संवैधानिक संकट

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य देवी भट्टचनले मिश्रित निर्वाचन प्रणालीका कारण ढिलोचाँडो संवैधानिक संकट आउन सक्ने बताएका छन् । उनले २०८४ सालमा हुने प्रतिनिधिसभा निर्वाचनअगावै यसलाई पुनविचार गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् । 

    images
    images
    images

    उनले राष्टिय गौरवका आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा  सरकारका तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम विषयमा आफ्नो धारणा राख्दै उनले गोदावरीबाट बूढानीलकण्ठ र थानकोटबाट भक्तपुर मेट्रोरेललाई नयाँ आर्थिक वर्षको बजेटमा समेट्न माग गरे ।

    images

    प्रतिनिधिसभा सदस्य भट्टचनले थानकोट चित्लाङ सुरुङ मार्गको व्यवस्थालाई निरन्तरता दिएमा काठमाडौंको जनसंख्याको चाप कम हुने पनि बताए । उनले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङको ढोरपाटन, डोल्पाको सेफोक्सुन्डो, मुगुको रारा तालमा होटेल व्यवसाय सञ्चालन गर्नुपर्नुे   र  चित्लाङको इन्द्रसरोबरमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिए । 

    उनले पहाडी क्षेत्रमा हुने आकस्मिक हेलिकोप्टर उडान समयसापेक्ष नभएको बताउँदै त्यसलाई सुधार गरेर जनतालाई राहत दिनुपर्ने बताए । प्रतिनिधिसभा सदस्य भट्टचनले नीति तथा कार्यक्रमलाई हावादारी नभन्न पनि सांसदहरुलाई सुझाए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij