Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

मलेसियाविरुद्ध टी-२० शृंखलाको उपाधि नेपाललाई

मलेसियाविरुद्ध टी-२० शृंखलाको उपाधि नेपाललाई

  • मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टीमले टी-२० शृंखलाको उपाधि जितेको छ ।  क्वालालम्पुरमा आइतबार टस हारेर ब्याटिङ थालेको घरेलु टिमले पाँच विकेट गुमाएर एक सय ९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि सीता राना मगरले सर्वाधि ३४ रन जोडिन्।

    images
    images
    images

    यस्तै, रुबिना क्षेत्रीले २३ तथा ज्योति पाण्डेले ११ रनको योगदान गरे।  मलेसियाका लागि अनिना हासिमले दुई तथा महिरा स्माली, विनिफ्रेड दुराइसिङ्घम, ऐस्या फिर्दाज र नुर सामदले एक–एक विकेट लिए। पहिलो इनिङमा मलेसियाकी वान जुलिया रोस्दीले सर्वाधिक ४७, दुराइसिङ्घमले २४ र स्मालीले २० रन जोडिन्।

    images

    बलिङतर्फ नेपालका लागि कविता जोशीले दुई तथा इश्वरी विष्टले एक विकेट लिइन्। यो खेलसँगै नेपालले पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

    पहिलो र चौथो खेलमा पराजित नेपालले बाँकी तीन खेल जितेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij