Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । ताप्लेजुङमा लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ । पहिरोले बगाई बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूले बताए।
‘पहिरोमा पुरिएर खुट्टा मात्र देखिएको अवस्थामा केशरबहादुर मृत भेटिएको दुःखद् खबर आयो’जिल्ला प्रहरी प्रमुख राईले भने । घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको स्थानीय कमल कडरियाले जानकारी दिए । घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij