Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

ट्राफिकमाथि हात हाल्ने खोरमा

ट्राफिकमाथि हात हाल्ने खोरमा

  • काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन् । ललितपुर प्रहरीले ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार ड्युटीमा रहेका प्रहरी हवलदार सुनिल शाहमाथि हातपात गरेको आरोप लागेको छ । ललितपुर प्रहरीका अनुसार पसल नजिकै युवाहरू जम्मा भएर नियमित रूपमा डिस्टर्ब गरेको भन्दै राईले शाहलाई आग्रह गर्न आएका थिए ।

    images

    तर आफू ट्राफिक प्रहरी भएको र त्यो जिम्मेवारी आफ्नो नभएको शाहले बताएपछि विवाद चर्किएको थियो । त्यसक्रममा शाहले धकेलेपछि राईले पनि हातपात गरेको सिसिटिभीमा देखिएको छ ।

    ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले आवश्यक अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिइएको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ’, उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij