
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । भक्तपुर भीमसेन चोक क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज र सुरक्षित बनाउन नयाँ ट्राफिक नियम लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी भक्तपुरका अनुसार अत्यधिक भीडभाड, जाम र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनको दिशामा नयाँ व्यवस्था ल्याइएको हो ।
नयाँ नियमअनुसार अब नगरपालिका चोकबाट गठ्ठाघरतर्फ जाने सवारीसाधनलाई भीमसेन चोक हुँदै उत्तरतर्फको मिल रोडमा प्रवेश गर्न रोक लगाइएको छ । साथै, बोडेबाट भीमसेन चोकतर्फ आउने चारपाङ्ग्रे सवारीसाधनको प्रवेशसमेत पूर्ण निषेध गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij