Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

इन्डोनेसियाली अस्पताल

गाजा अस्पतालका निर्देशकको मृत्यु

गाजा अस्पतालका निर्देशकको मृत्यु

इजरायली हवाई आक्रमणमा गाजामा

  • काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा रहेको इन्डोनेसियाली अस्पतालका निर्देशकको मृत्यु भएको छ ।

    images
    images
    images

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजा शहरमा रहेको उनको घरमा इजरायली हवाई आक्रमणमा उनको मृत्यु भएको बताएको छ । उक्त आक्रमणमा उनका परिवारका धेरै सदस्यहरू पनि मारिएका छन् ।

    images

    मन्त्रालयले डा.मारवान सुल्तानको चिकित्सा क्षेत्रमा लामो करियर रहेको बताएको छ । 

    इजरायली सेनाले गाजामा “प्रमुख हमास आतंककारी” लाई प्रहार गरेको बताएको छ र आक्रमणमा “निर्दोष नागरिकहरू” घाइते भएको दाबीको समीक्षा भइरहेको बताएको छ ।

    यसैबीच, अल-मवासी ‘सुरक्षित क्षेत्र’ मा भएको आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने बालबालिका सहित धेरै जना घाइते भएका छन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij