Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

खाल्डोमा ९ हजार हातहतियार !

खाल्डोमा ९ हजार हातहतियार !

  • काठमाडौं । नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई  नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो ।

    images
    images
    images

    ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ वटा पेस्तोल, २३२ वटा म्याग्नम, २९ वटा एयर गन नष्ट गरेको हो । त्यस्तै, २२९ सर्ट गन, ६२६ वटा थ्रीनटथ्री राइफल, ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो । 

    images

    नष्ट गर्दा प्रधान कार्यालय कार्यविभागका एआइजी मिरा चौधरीसहित गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष समेत उपस्थित थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij