Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

  • काठमाडौँ ।  नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एक घण्टासम्म चक्काजाम गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    गएरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

    AGNI GROUP

    अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको जनाएका छन् । 

    गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट