Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । हाइजिन प्याक्स नेपाल प्रा.लि. कम्पनीले ‘मानिया ड्रिंक्स’ उपहार योजनाको लक्की ड्र अन्तर्गत पहिलो चरणको भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत सार्वजनिक गरेको छ। कम्पनीले गत वर्षको फागुन महिनादेखि यस वर्षको असारमसान्त भित्र खरिद गर्ने मध्यहरुको लक्की ड्र मार्फत नाम सार्वजनिक गरेको हो।
देशभरबाट भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा भाग्यशाली २० जनाले टिसर्ट, पाचौं पुरस्कार साईकल , चौथौ पुरस्कार ओभन त्यस्तै तेस्रो पुरस्कार स्मार्ट फोन, दोस्रो पुरस्कार रेफ्रिजरेटर र प्रथम पुरस्कार स्मार्ट टि.भी उपहार विजेतालाई प्रदान गरिएको छ । यस योजनामा ग्राहक महानुभावहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीले बताएको छ।

लक्की ड्र कार्यक्रममा कुपन नम्बर ४३५० का मेघराज दवाडीले प्रथम पुरस्कार बापत स्मार्ट टि.भी जितेका छन्। त्यस्तै कुपन नम्बर २२७४ का सजिन महर्जनले दोस्रो पुरस्कार रेफ्रिजरेटर, कुपन नम्बर ४००४ का रामशरण सिलवालले तेस्रो पुरस्कार स्मार्ट फोन, कुपन नम्बर ३२७३ का रिस्ता खड्काले चौथौ पुरस्कार ओभन, कुपन नम्बर ६४५९ का लक्ष्मी किराना पसलले पाचौं पुरस्कार साईकल र भाग्यशाली २० जनाले टिसर्ट प्राप्त गरेका छन्।
यस योजनालाई सफल पार्न सहयोग गरेकामा हाइजिन प्याक्स नेपाल प्रा.लि. कम्पनीले सम्पूर्ण उपभोक्ता, ग्राहक र वितरकहरूलाई धन्यवाद दिँदै अझै यस ‘मानिया ड्रिंक्स’ को उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

प्राईम एच डी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेको उक्त लक्की ड्र कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ , हाइजिन प्याक्स नेपाल प्रा.लि.का मार्केटिङ निर्देशक कौशल ढकाल र कम्पनीका कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रस्तोता दीक्पाल कार्कीले सन्चालन गर्नु भएको थियो ।
विजेता महानुभवहरूले २०८० भदौ ८ गते सम्म आफ्नो पुरस्कार दाबी गर्नका लागि निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ । क्षेत्रीय बिक्री प्रवन्धक: नील कण्ठ पाण्डे : ९८०१७१७४४९, सरद बस्नेत : ९८०१८७७७४६ र सुपर स्टक किजान्शी फूड्स इन्टरनेशनल प्राइभेट लिमिटेडका संचालक किरण कार्की: ९८०२२००४०१
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij