Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । गाईघाटबाट सिराहाको लहान तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ –०२–२२ प ५०१० नम्बरको मोटरसाईकलको पछाडी राखि १५ वर्षिय बालिकालाई लिएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागि चेक जाँचको क्रममा बालिकालाई ललाई फकाई गरि बालिकालाई प्रलोभनमा पारि बिक्रि गर्न लैजादै गरेको खुलेका हुन ।
प्रहरीले मोटसाईकल सहित सिराहाको साबिक सोनावती मझौला गाउँपालिका–८ अहिले लहान नगरपालिका– १९ का २८ वर्षिय सतिशकुमार यादब, त्रियुगा नगरपालिका– १० का ब्रोदर्श रेष्टुरेन्टको मालिक २७ वर्षिय अनिल शिवा समेत ३ जनाको संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा उदयपुर जिल्ला अदालतबाट ७ दिनमो म्याद थप गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij