Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पनौतीमा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

पनौतीमा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

  • काठमाडौँ । काभ्रेपलान्चोकको पनौतीमा लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–४ मा बस्ने २७ वर्षीय आकाश दोङ, पनौती–६ बस्ने २७ वर्षीय श्रीराम लोप्चन र ओखलढुङ्गा घर भएर पनौती बस्ने ४५ वर्षीय सङ्गीता तामाङ छन् ।

    images
    images
    images

    आरोपितहरूले भदौ २९ मा घाँस काटेर फर्किएकी तुलसा बन्जारासहित दुईजना लाई जङ्गलमा खुकुरी देखाएर सुनको रिङ लुटेर भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपितहरूले पनौती नगरपालिका–५ स्थित माइतबाट फर्किएकी ३६ वर्षीया अनिता थापाको पनि गहना लुटेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

    images

    उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij