
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।
मेयर पाण्डेयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यपालिका बैठक नै छाडेर काठमाडौं आएका छन् । उनी अब बुटवल नफर्कने गरी काठमाडौं आएको बताइएको छ ।
भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij