Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

१२ वर्षपछि नेपाल स्काउटमा निर्वाचनको तयारी

१२ वर्षपछि नेपाल स्काउटमा निर्वाचनको तयारी

  • काठमाडौं । नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।

    images
    images
    images

    तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले बालबालिका तथा युवाहरूको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरू र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको जानकारी दिए ।

    images

    यही मंसिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना पनि जारी गरिएको छ । विसं २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । नेपाल  स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij