Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

  • काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ।सो समिति भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको छ। 

    onlinepatrika
    Arghakhachi

    समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् । करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले बिहीबार राति पक्राउ परेका थिए ।

    AGNI GROUP

    भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट