Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

अशक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

अशक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

  • काठमाडौं । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत हेमन चौधरीलाई बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्रलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।

    AGNI GROUP

    बालिका सुतिरहेको अवस्थामा राउतले जबरजस्ती करणी गरेका थिए । घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भएकाले घटनाबारे बहिनीले बयान दिएको डा.सुरजकुमार चौरसियाले बताए ।

    घटना पश्चात् बालिका रोई कराइ गरेपछि चौधरीले सुरुमा पैसा दिन्छु भन्दै फकाएको र नमानेपछि घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट