Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार रसिया–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको हो ।विभागले एक सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआए सम्मलाई स्थगन गरिएको जनाएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij