Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । खोटाङमा जबरजस्ती बलात्कार मुद्धाका फरार दोषी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्धामा उच्च अदालत बिराटनगर अस्थायी ईजालस ओखलढुंगाले सात वर्ष कैंद सजाय सुनाएका केशरबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैंद सजाय तोकिए पनि हालसम्म फरार रहेका खत्रीलाई पुस १९ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला गाउँघरमै फेला पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए । जबरजस्ती बलात्कार मुद्धामा अदालतले २०७८ पुस २२ गते कैंद सजाय तोकेपछि प्रतिवादी खत्री फरार भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij