Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

काठमाडौँबाट ४८ केजी चाँदीसहित तीनजना पक्राउ

काठमाडौँबाट ४८ केजी चाँदीसहित तीनजना पक्राउ

  • काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँको भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजक बिना चाँदीका गरगहनाहरू बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले बिलबिजक बिना चाँदीको गरगहनाहरूको कारोबार गरेको हुँदा उनीहरूलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट