
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल आर्मी क्लबका कप्तान बिनोद भण्डारीले शतक हानेका छन । मधेश प्रदेशविरुद्ध भण्डारीले शतक हानेका हुन ।
शतक हान्ने क्रममा भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनी अहिले १०० रन बनाएर खेलिरहेका छन् ।
भण्डारीको शतमा आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएर खेलिरहेको छ । यसअघि प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबका रासिद खान तथा हिजो एपिएफ क्लबका सन्दीप जोराले शतक हानेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij