Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

उपचार अभावमा राउटे बालिकाको मृत्यु

उपचार अभावमा राउटे बालिकाको मृत्यु

  • काठमाडौं । दैलेख भैरवी गाउँपालिका– ४ को गड जिउलामा बस्दै आएकी राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो ।

    images
    images
    images

    विगत एक महिनादेखि बिरामी उनको उपचार हुन सकेको थिएन । उनी बिरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिए पनि बिहीबार राति मृत्यु भएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जानकारी दिए ।

    images

    गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रबार नै चामुन्डाबिन्द्रासैनी नगरपालिका– ४ सुईयातडामा बसाइँ सरेका छन् । चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ । चिसो भुइँमा रात कटाउनुपर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij