
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । अदालतबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।
जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका थुनुवालाई हतकडी खोल्न र लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो । अदालतबाट १८ पुसमा हतकडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई सहयोग गरेको आरोपछ ।
ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए ।
मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि सरकारी वकिलले यो मुद्दामा प्रतिवादी बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij