
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगे, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो ।
पूर्व पश्चिम लोकमार्गको बर्दिबास-५ स्थित माईस्थान चेक प्वाइन्टमा प्रहरी टोलीले सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको रेन्वो बसलाई तलासी लिँदा बसको छतमा रहेको जुट तथा प्लाटष्टिकको बोरामा माछाका सुकुटी फेला पारेपछि परेको प्रहरीले जनाएको छ ।
जलेश्वर भन्सार प्रमुख अमित पौडेलले महोत्तरीका नाकाबाट माछाका सुकुटी आयात प्रतिबन्धित वस्तु भएकोले यो तस्करी गरी भित्रिएको हुन सक्ने बताउनुभयो । ‘यस नाकाबाट सुकुटी आयात निषेधित भएकोले भन्सार प्रक्रिया गर्न मिल्दैन, यो प्रतिबन्धित हो’ उहाँले भन्नुभयो ।
प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएपछि भारतीय माछाका सुकुटी तस्करी हुने गरेको रहस्य खुलेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij