
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । छासबारी छालाजुक्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विवादित आदेश दिने न्यायाधीश आचार्य कारबाही स्वरुप सरुवा गरेका हुन् । सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार काज सरुवाको निर्णय आइतबार भएको हो ।
माघ २२ गते म्याद थपका लागि पेश गरिएका चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई अनुसन्धान नसकिए पछि दुई दिनभित्र हाजिर जमानीमा छाड्न आदेश दिएका थिए ।
आदेशको सार्वजनिक रुपमा चर्को आलोचना भएको हुँदै आएको छ भने सरकारी पक्षले पनि असन्तुष्टि जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij